
पाकिस्तान को एक विश्वविद्यालयले अनौठो निर्णय सुनाएको छ । जसलाई लिएर सामाजिक सञ्जालमा निकै हंगामा भएको छ ।
पाकिस्तानको एक विश्वविद्यालयले आफ्नो पुरुष तथा महिला विद्यार्थी सँगै हिड्दा ६ इन्चको दूरी बनाउनुपर्ने निर्णय गरेको छ ।
पाकिस्तानी अखबार डानका अनुसार इस्लामाबादस्थित बहरिया विश्वविद्यालयले गत हप्ता कराची, लाहौर तथा इस्लामाबादमा रहेका आफ्ना तीनैवटा क्याम्पसका विद्यार्थीहरुका लागि यस्तो सूचना जारी गरेको छ ।
ड्रेस कोड का बारेमा उल्लेख भएको एक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि यसको विरोध भइरहेको छ ।
सूचनामा भनिएको छ, ‘विभागका सबै प्रमुख तथा सुरक्षाकर्मीले यो सुनिश्चित गर्नुपर्ने छ कि पुरुष तथा महिला छात्र एक अर्कासँग ६ इन्चको दूरीमा बसुन् वा हिडुन् ।’ यसमा पुरुष तथा महिला विद्यार्थीले एक अर्कालाई छुन पूर्णतया बन्देज लगाइएको उल्लखे गरिएको छ ।
यो नियमको उल्लंघन गर्नेमाथि अनुशासनात्मक कार्रवाही गर्ने चेतावनी दिइएको छ ।