०९ असार २०८३, मंगलबार

बाउ गर्लफ्रेन्डलाई प्रपोज गर्ने, छोरो चाहिँ सुसु गर्ने (भिडियो)

बाउ गर्लफ्रेन्डलाई प्रपोज गर्ने, छोरो चाहिँ सुसु गर्ने (भिडियो)

काठमाडौं, १० जेठ – गर्लफ्रेन्डलाई प्रपोज गर्नका लागि केटाहरू जे पनि गर्छन्, आखिर उनीहरूलाई त्यो क्षण यादगार बनाउन मन लाग्छ । 

तर अमेरिकामा एक व्यक्तिको प्रोपोजल उसको छोराको कारण स्मरणयोग्य रह्यो । बुवाले गर्लफ्रेन्डलाई प्रपोज गर्दा उनको तीन वर्षीय छोरो चाहिँ पछाडि सुसु गरिरहेको थियो । 

सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएको छ । मानिसहरूलाई यो खुबै रमाइलो लागेको थियो । 

केभिन पर्सितुलाले आफ्नी गर्लफ्रेन्ड एलिजा एलिजाबेथलाई प्रपोज गदाए केभिनका छोरालाई कुनै मतलब थिएन र उनी सुसु गर्न थाले । 

भिडियो हेर्दा देखिन्छ, केभिन घुँडामा बसेर एलिजालाई प्रपोज गरिरहेका देखिन्छन् । त्यतिखेरै उनको छोरा पछिल्तिर जान्छ र पाइन्ट खोलेर सुसु गर्न थाल्छ । 

उनीहरूको साथीले भिडियो बनाइरहेका हुन्छन् तर उनले छोरोको हर्कतका बारेमा बताउँदैनन् । पछि चाहिँ केभिनले क्यामरातिर हेर्दा साथीले इशारा गर्छन् अनि हाँस्न थाल्छन् । बच्चाको निर्दोष हर्कत सामाजिक सञ्जालमा खुबै मन पराइएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्