१८ असार २०८३, बिहीबार

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल पूर्ण रूपमा नष्ट

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल पूर्ण रूपमा नष्ट

काठमाडौं, १० जेठ – उत्तर कोरियाले आणविक परीक्षणस्थल पुंग्ये–रीलाई पूर्णतया ध्वस्त पारेको छ । लगभग दुई दर्जन विदेशी पत्रकारहरूको एक समूहले उक्त घटनाको प्रत्यक्ष अवलोकन गरेका छन् । 

विस्फोट गर्नुअघि पत्रकारहरूलाई सुरुङभित्र राखिएका बमहरू देखाइएको थियो । विस्फोटका बेलामा भने उनीहरूलाई सुरक्षित दूरीमा रहेर हेर्न दिइएको थियो ।

उत्तरको आणविक हतियार संस्थानले बिहीवार जारी गरेको बयानअनुसार, प्योङयाङ आणविक हतियारमुक्त विश्वमा प्रतिबद्ध छ । पुंग्ये–री परीक्षणस्थलका कर्मचारीलाई त्यहाँबाट निकालिएको र अब त्यहाँ आणविक परीक्षणहरू गर्न असम्भव रहेको बताइएको छ । 

आणविक परीक्षणस्थलहरू नष्ट गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्दै सबैलाई विस्फोट गरिसकेको प्योङयाङले बताएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्