२४ असार २०८३, बुधबार

सरकारी अधिकृतकै सर्टिफिकेट नक्कली भेटिएपछि...

सरकारी अधिकृतकै सर्टिफिकेट नक्कली भेटिएपछि...

काठमाडौं, १० जेठ– लोकसेवा आयोगको परीक्षा पास गरेर नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

प्रदेश नम्बर २ को प्रदेशसभा (संसद) सचिवालयमा कार्यरत शाखा अधिकृत पवित्रा श्रेष्ठविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

श्रेष्ठले भारत विहारको संस्कृत शिक्षा बोर्डबाट माध्यमिक तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेर सरकारी जागिर खाएकी थिइन् । उक्त प्रमाण पत्र नक्कली भएको आयोगको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्