०६ असार २०८३, शनिबार

गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी महिला मृत फेला

पाल्पा, ११ जेठ–गाई चराउन गएकी एक महिला मृत भेटिएको छ । माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीय मधुमाया ठाडा मृत भेटिएकी हुन् ।

बुधबार दिउँसो गाई चराउन ‘माहारा’ गएकी मधुमाया साँझ अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भीरमा अड्किएको भेटिएको थियो ।

उनी माहारा जाने क्रममा चप्पल दछ्याएर बसेको र चप्पलमा बसेर निदाउँदा भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ ।

साँझ ६ बजे भेटिएको उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो ।  भीरबाट झण्डै दुई सय मिटर तल खसेर उनको मृत्यु भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्