
विराटनगर, ११ जेठ- मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ ।
उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।