०८ असार २०८३, सोमबार

क्यानाडामा भारतीय रेस्टुराँमा विस्फोट, १५ घाइते

क्यानाडामा भारतीय रेस्टुराँमा विस्फोट, १५ घाइते

काठमाडौं, ११ जेठ – क्यानाडाको टोरन्टोस्थित मिसीसागामा रहेको बम्बे भेल रेस्टुराँमा बिहीवार बम विस्फोट हुँदा १५ जना घाइते भएका छन् । 

घाइतेहरूलाई अस्पताल पु–याइएको छ । पील रिजनल प्यारामेडिक सर्भिसले ट्वीटमा बताएअनुसार, तीनजनाको स्थिति गम्भीर छ । 

यो विस्फोट स्थानीय समयअनुसार, राति साढे बजे भएको थियो । यो आईईडी ब्लास्ट भएको मानिएको छ । 

स्थानीय प्रहरीले विस्फोटमा दुईजनाको संलग्नताको आशंका गरेको छ । 

क्यानाडामा आकल आतंकवादी आक्रमणको शृंखला चलिरहेको छ । एक महिनाअघि टोरन्टोमै एक ड्राइभरले भीडमा भ्यान जोतेका थिए । त्यसमा परी १० जनाको मृत्यु र १५ जना घाइते भएका थिए ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्