१० असार २०८३, बुधबार

दुई वर्षको बच्चाले फोनका बारेमा दिएको जवाफ भयो भाइरल

दुई वर्षको बच्चाले फोनका बारेमा दिएको जवाफ भयो भाइरल

काठमाडौं, ११ जेठ – अमेरिकाको लुइजियानामा एक बच्चाले स्कूलको होमवर्कमा दिएको एक जवाफ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

बच्चाको जवाफमा शिक्षकको नजर पर्नेबित्तिकै उनले सामाजिक सञ्जालमा शेयर गरिदिए । बच्चाले आफ्ना मातापिता फोनमा झुण्डिरहने भएकाले फोनसँग घृणा गर्ने लेखेका थिए । 

बच्चाको होमवर्कमा एक प्रश्न थियो, ‘तिमीलाई मन नपर्ने एक आविष्कारका बारेमा लेख ।’

जवाफमा बच्चाले लेख्यो, ‘मलाई मन नपर्ने आविष्कार मोबाइल फोन हो । मेरा मातापिता दिनभरि फोनमा व्यस्त हुने भएकाले मलाई फोन मन पर्दैन ।’

बच्चा अझै लेख्छन्, ‘फोन चलाउनु कहिलेकाहीँ खराब बानी बन्न पुग्छ । म आमाको फोनलाई घृणा गर्छु र उहाँसँग कहिल्यै फोन नभए हुन्थ्यो भन्दै कामना गर्छु ।’

बच्चाले उत्तर लेखेको पृष्ठमा तलतिर फोनको चित्र बनाएर त्यसलाई काटेका छन् । अनि बच्चाले उदास अनुहारको स्केच पनि बनाएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्