२५ असार २०८३, बिहीबार

चिकित्सकले उपचारका क्रममा बच्चालाई देखाए जादू, भिडियो भाइरल

चिकित्सकले उपचारका क्रममा बच्चालाई देखाए जादू, भिडियो भाइरल

काठमाडौं, ११ जेठ – हरेक चिकित्सकको उपचार तरिका फरक फरक हुन्छ । विशेषगरी बच्चाहरूको चिकित्सकले उपचारका बेलामा ट्रिक अपनाएर बच्चालाई सजिलै सुई लगाउँछन् । 

अहिले अमेरिकामा एक दन्तचिकित्सकको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा इयाल सिमची नामक दन्तचिकित्सकले एक बालकलाई जादू देखाइरहेका छन् । बच्चा पनि सिमचीको जादू देखेर खुशी तथा आश्चर्यचकित भइरहेको देखिन्छ । 

उपचारका क्रममा सिमची कहिले गीत गाउँछन्, कहिले अर्को तरिका अपनाउँछन् । सिमचीले उपचार सहज होस् भनेर जादू देखाएका हुन् । बिरामीहरूले सजिलो अनुभव गरून् भनेर न्युजर्सीका यी चिकित्सक अनेक तरिका अपनाइरहेका हुन्छन् ।

 

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्