
बलिउड अभिनेता आमिर खान वास्तविक जीवनमा कति भावुक छन् भन्ने कुरा उनीद्वारा सञ्चालित कार्यक्रम ‘सत्यमेव जयते’ले पनि प्रस्ट्याइसकेको थियो । हालै उनले मिडियासँगको कुराकानीमा आफ्नाबारे थप रहस्य खोलेका छन् ।
उनले भनेका छन् कि ‘कहिलेकाँही विज्ञापन हेर्दाहेर्दै पनि म निकै भावुक भइदिन्छु ।’ जब उनी देशभन्दा बाहिर हुन्छन् त्यसवेला एक साताभन्दा बढी उनलाई त्यहाँ अडिन मुस्किल हुन्छ ।
उनले भनेका छन्, ‘म देशबाहिर सुटिङमा गएको थिएँ, एउटा मोबाइलको विज्ञापन आयो, त्यसमा एक व्यक्ति आफ्नो बच्चालाई काखमा लिएर निकै खुसी थिए । मलाई मेरो छोराको याद आयो र म निकै भावुक भएँ ।’
उनको भनाइ छ कि बाहिर हुँदा साता दिनभन्दा बढी भयो भने उनलाई परिवार र देशको निकै याद आउँछ । आफ्ना सबै फिल्म हेरेर रोएको पनि उनले खुलाएका छन् ।
‘अन्दाज अपना अपना’ हेर्दा भने हाँस्दाहाँस्दै आँसु आएको उनले बताएका छन् । सत्यमेव जयतेमा धेरैपटक रोएको तर एडिटिङका क्रममा हटाइएको पनि उनले खुलाएका छन् ।