०१ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले भोलि सदनमा जवाफ दिने

प्रधानमन्त्री ओलीले भोलि सदनमा जवाफ दिने

काठमाडौँ, १२ जेठ - प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका  प्रश्नहरुको भोलि आइतबार जवाफ दिने भएका छन्  । 

आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए  । 

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका  जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन्  । 

salt training

कमेन्ट गर्नुहोस्