०१ असार २०८३, सोमबार

महेन्द्रनगरमा एकाबिहानै बम विस्फोट

महेन्द्रनगरमा एकाबिहानै बम विस्फोट

कञ्चनपुर, १३ जेठ–कञ्चनपुरको महेन्द्रनगर बजारमा एकाबिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरस्थित देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको हो ।

भानुपाटी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिएर सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बम विस्फोट हो । 

बम कस्ले, किन विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन । विष्फोटबाट मानवीय क्षति नभए पनि निर्माणाधिन भवनको पर्खालमा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिए । 

घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्