३० असार २०८३, मंगलबार

गोली हानेर धनगढी बजारमा ९ लाख लुटियो

गोली हानेर धनगढी बजारमा ९ लाख लुटियो

धनगढी, १३ जेठ– प्रदेश नम्बर ७ को अस्थायी राजधानी समेत रहेको कैलाली सदरमुकाम धनगढी बजारमा लुटेराहरुले गोली हानेर ९ लाख रुपैयाँ लुटेका छन् । 

धनगढीको मेनरोडमा रहेको आईएमईबाट झिकेको ९ लाख रुपैयाँ बैंकमा जम्मा गर्न जाँदा लुटिएको हो । 

धनगढी–३ का निर्मल कार्की आईएमईबाट पैसा झिकेर बैंकमा जम्मा गर्न जाँदै थिए । बैंक जाँदा बाटोमा नै लुटेराहरुले उनीमाथि गोली प्रहार गरी पैसा लुटेका हुन् । 

गोली कसले हानेको हो भन्नेबारेमा केही खुल्न सकेको छैन । प्रहरीले लुटेराको खोजी भइरहेको जनाएको छ । 

गोली लागेर घाइते भएका कार्कीको धनगढीस्थित सेत अञ्चल अस्पतालमा उपचार भइरहेको । 

salt training

कमेन्ट गर्नुहोस्