२६ जेठ २०८३, मंगलबार

मजदुरमाथि हातपात गरेपछि एभरेस्ट होटेलका सञ्चालक पक्राउ

मजदुरमाथि हातपात गरेपछि एभरेस्ट होटेलका सञ्चालक पक्राउ

विराटनगर, १३ जेठ– विराटनगर महानगरपालिका वडा नम्बर ११ मा सडक विस्तारअन्तर्गत बाटाे खनिरहेकाे एक्साभेटर (जेसीबी)का चालकलाई होटल संचालकले कुटपिट गरेका छन् । महानगरपालिकाको एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगतको आशिष निर्माण सेवा कम्पनीका जेसीबी चालकलाई आफ्नो होटल अगाडी बाटो भत्काएको भन्दै एभरेष्ट इन होटलका संचालक अर्जुन साहले रड प्रहार गरेको स्थानीयले बताएका छन् ।

काम गरिरहेको बेलामा एक्कासी आएर २ झापड हानेर रड प्रहार गर्न खोज्दा आफू भागेर बाँचेको जेसीबीका चालक मोहम्मद जुबेरले बताए । होटल संचालक अर्जुन साहले यस अघि पनि पटक पटक होटल अगाडीको काम रोक्दै आएका थिए । 

सडक विस्तारका क्रममा उनकाे हाेटेलेका अगाडिकाे पर्खाल भत्काउनु पर्ने थियाे । महानगरपालिकाले सडकमा पर्ने संरचना हटाउन हाेटल सञ्चालकलार्इ समय सीमा पनि ताेकेकाे थियाे । दिइएकाे समय सीमा नाघे पछि अाइतवारदेखि होटल अगाडिकाे बाटाे बिस्तार गर्न मजदुर परिचालन गरिएकाे िथयाे । 

कामदारमाथि भएको आक्रमण लगत्तै एभरेष्ट होटेलका संचालक साहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई छलफलको लागि भन्दै वडा प्रहरी कार्यालय लगिएको छ । उनलाई पक्राउ गरेको समयमा महानगरपालिका वडा नम्बर ११ का  वडा अध्यक्ष समेत होटलमा पुगेका थिए । 

मजदुरमाथि भएको हातपातको बिरोधमा आशिष निर्माण कम्पनीले त्यो क्षेत्रको काम रोको छ । घटना भएको स्थान जिल्ला शिक्षा कार्यालय नजिकै हो । 

तर होटल संचालक साहले भने अाफू उच्च रक्तचापकाे बिरामी भएका कारण रिस थाम्न नसकेपछि घटना हुन पुगेका बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्