१२ असार २०८३, शुक्रबार

देउवा र पौडेललाई सँगै राखेर शशांकले भने - पार्टी भित्रको गुट–उपगुट अन्त्य हुनुपर्छ

देउवा र पौडेललाई सँगै राखेर शशांकले भने - पार्टी भित्रको गुट–उपगुट अन्त्य हुनुपर्छ

काठमाडौं, १३ जेठ–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सब समारोहमा बोल्दै कोइरालाले पार्टी भित्रको गुटबन्दी अन्त्य नभएसम्म पार्टी बलियो नहुने बताए । उनले गुटबन्दी अन्त्यको अभियानमा लागेको बताए । 

गुट उपगुट पार्टीको सबैभन्दा ठूलो रोग भएको भन्दै महामन्त्री कोइरालाले कसैलाई पनि गुट उपगुटको पक्षमा नभइ कांग्रेको पक्षमा लाग्न आग्रह गरे । 

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले गेट आउट भन्दैमा आफू नेतृत्वबाट नहट्ने स्पष्ट पारेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्