०३ साउन २०८३, आइतबार

ढुङ्गेलको 'कैद माफी'विरुद्ध द्वन्द्वपीडितहरू सडकमा

ढुङ्गेलको 'कैद माफी'विरुद्ध द्वन्द्वपीडितहरू सडकमा

काठमाडौं १३ जेठ–सशस्त्र द्वन्द्वकालीन मुद्दामा सर्वश्वसहित जन्मकैद पाएर कारागारमा रहेका तत्कालिन माओवादीका नेता एवं पूर्व सांसद बालकृष्ण ढुङ्गेलको कैद माफीविरुद्ध द्वन्द्वपीडित र अधिकारकर्मीहरुले सडकमा प्रदर्शन गरेका छन् । 

द्वन्द्व पीडित साझा चौतारी नेपालको आयोजनामा पीडित र मानवअधिकारकर्मीहरुले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ढुङ्गेललाई कैद माफी दिन पाइदैन भन्ने प्लेकार्ड बोकेका थिए । 

सरकारले गणतन्त्र दिवसको अबसरमा ढुङ्गेलको कैद मिनाहा गर्न लागेको समाचार प्रकाशमा आएपछि अधिकारवादहीहरुले त्यसको विरोध गरेका छन् । ढुङ्गेलको कैद माफीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आइतवार दुर्व पक्षबीच छलफल हुँदैछ । 

यसअघि सर्वोच्चले ढुङ्गेललाई किन कैद माफी गर्न लागेको भन्दै सरकारसंग जवाफ मागेको थियो । 

तश्वीरः चरण प्रसाइको ट्वीटरबाट
 

salt training

कमेन्ट गर्नुहोस्