
काठमाडौं १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयभित्र काठमाडौं उपत्यकालाई धुलोमुक्त गराइने बताएका छन् ।
‘काठमाडौंमा माक्स नलगाएको मानिस देख्न मुस्किल थियो, अहिले सुधार आएको छ’ प्रतिनिधि सभाको आइतवारको बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतवार ओलीले भने ।
सडक चौडा पार्ने र पुनर्निर्माणका कारण अरु केही समय लाग्ने भएपनि केही वर्षमै काठमाडौंलाई स्वच्छ बनाउने बताए । ‘मेलम्चि आउन अलिकति समय लाग्छ, निर्माण भनेको चित्र बनाएको होइन’ ओलीले भने, ‘प्रगति भएको छ, केही बर्ष भित्र, मानव जीवको स्वच्छ हावा पाउने अधिकार स्थापित हुन्छ ।’
स्वच्छ हावामा श्वास फेर्ने नागरिकको प्राकृतिक र नैसर्गिक अधिकार पूरा गर्नु सरकारको दायित्व भएको बताए ।
‘मानिस एक दिन खान नपाएर मर्दैन, पानी नपाए पनि मर्दैन, तर अक्सिजन बिना ३ मिनेट पनि बाँच्दैन । स्वच्छ हावाका लागि पैसा लाग्दैन । त्यस दिशामा हाम्रो ध्यान छ । मेलम्ची, आदी इत्यादी सम्पन्न भएपछि काठमाडौैंको हावा स्वच्छ बन्छ ।’