०१ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले भने–लोकतन्त्रका लागि लडेको ५४ वर्ष पुग्यो, 'चान्समा डान्स' गरेर सांसद बनेको होइन

प्रधानमन्त्री ओलीले भने–लोकतन्त्रका लागि लडेको ५४ वर्ष पुग्यो, 'चान्समा डान्स' गरेर सांसद बनेको होइन

काठमाडौं १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद फालेर गणतन्त्र आइसकेपछि फेरि अधिनायकवाद आउँछ कि भनेर आशंका गर्न जरुरी नभएको बताएका छन् ।

अधिनायकवाद फाल्नेले ल्याउँछ भनेर यस्तो अनौठो कुरा कसले सिकाउछ भन्दै उनले प्रश्न गरे । 

सरकारका नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा ओलीले लोकतन्त्रप्रति सरकारको प्रतिबद्धतामा प्रश्न उठाउन आवश्यक नभएको बताएका हुन् ।

‘लोकतन्त्रका लागि लडेको ५४ वर्ष चल्दैछ, १४ वर्ष जेल बसेको छु लोकतन्त्रका लागि । बहुलद आएपछि फाट्ट फुट्ट चान्समा डान्स गरेर यहाँ आएको होइन’ ओलीले भने, ‘अधिनाकयवाद कुन बाटो आउँछ ? कतावाट ? फाल्नेले ल्याउँछ भन्ने कुरा के अनौठौ, कसले सिकाउँछ नेपालमा यस्तो कुरा ?’ 

सांसदहरुले उठाएका प्रश्नको जवाफमा ओलीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताए । ‘गफै त हो सम्धी भनेजस्तो गफ गर्नका ल्याइएका कार्यक्रम होइन’ ओलीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्