
कतार एयरवेजले मुस्लिम धर्मालम्बीहरुको ठूलो पर्व रमजानको अवसरमा नेपालमा रात्रि भोज अयोजना गरेको छ ।
कतार एयरवेज कर्पोरेट प्रमुख बहुराष्ट्रिय कम्पनी, दुतावासले इफ्तार मनाएको हो । रमजान महिनाको अवसरमा कतार एयरवेज नेपाल सरकारका प्रतिनिधि, नेपाल हज समिति, विभिन्न धर्मका प्रतिनिधि र नेपालस्थित विभिन्न दुतावासका प्रतिनिधिलाई भब्य रात्रि भोज आयोजना गरेको छ ।
इफ्तार मुस्लिम धर्मालम्बीहरुले रमजानको ब्रत तोडेपछि दैनिक सुर्यास्तपछिको खाना हो । कतार एयरवेजले काठमाडौंदेखि दोहासम्म दैनिक ४ उडान भर्दै आएको छ भने १ सय ५० गन्तव्यसँग एयर कनेक्टीभिटीको सहयोग गरेको छ ।