
काठमाडौं १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बर्षभित्र काठमाडौं उपत्यकामा मेट्रो रेल चल्ने दावी गरेका छन् । काठमाडौं उपत्यकामा रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकासँग सहमति पत्र (एमओयु) भइसकेकोले तीन बर्षमा रेल चल्ने ओलीले दावी गरे ।
‘तीन बर्षपछि कलंकीमा डेरा लिएपनि हुन्छ, थानकोटमा डेरा लिएपनि हुन्छ १० मिनेटमा टक्रक्क यहाँ (संसद भवन वानेश्वर)मा आइपुगिन्छ’ राष्ट्रिय सभामा सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने ।
वीरगञ्जबाट काठमाडौं रेल ल्याउने लिखित सम्झौता भइसकेको उनले उल्लेख गरे । ओलीले सरकारका नीति तथा कार्यक्रम ‘गफै त हो नि सम्धी’ भनेजस्तो नभएको बताए ।
प्रधानमन्त्री ओलीको जवाफपछि राष्ट्रिय सभाबाट सरकारका नीति तथा कार्यक्रम पारित भएको छ ।