
काठमाडौं, १३ जेठ - यो सिजनको आईपीएलको उपाधी चेन्नई सुपरकिंग्सले जितेको छ।
आइतबार अबेर सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई विजयी भएको हो।
हैदारावादले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी छदा २ विकेटको क्षतिमा पूरा गर्यो।
चेन्नईका जितका लागि ओपनिङ ब्याटसम्यान शेन वाटसनले शतक प्रहार गरे। यो चेन्नइको आईपीएलमा दोस्रो जित हो ।