२३ जेठ २०८३, शनिबार

ढुंगेललाई आममाफी दिने विरुद्ध परेको रिटको सुनुवाइ आज

ढुंगेललाई आममाफी दिने विरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौँ, १४जेठ–कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आइतबार सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ सोमबारका लागि पेशी तोकिएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने सरकारी निर्णयलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गरेका थिए । 
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्