२८ असार २०८३, आइतबार

फोरमसँग नेकपाको दुई बुँदे सहमति, संविधान संशोधन गर्न सरकार तयार

सरकारमा फोरम सहभागी हुने
फोरमसँग नेकपाको दुई बुँदे सहमति, संविधान संशोधन गर्न सरकार तयार

काठमाडौं, १४ जेठ– केपी ओली नेतृत्वको सरकार संविधान संशोधन गर्न सहमत भएको छ । 

सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय समाजवादी फोरमसँग दुई बुँदे सहमति गर्दै सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरमबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । 

संघीय समाजवादी फोर नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्वन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु आपसी सहमतिका आधारमा संशोधन गर्ने सहमति छ।

यससँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने सहमति भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्