२६ असार २०८३, शुक्रबार

इटालीका राजनीतिक दलले दिए राष्ट्रपतिलाई महाभियोग लगाउने चेतावनी

इटालीका राजनीतिक दलले दिए राष्ट्रपतिलाई महाभियोग लगाउने चेतावनी

काठमाडौं, १४ जेठ – इटालियन फाइभ स्टार मुभमेन्ट (एम५एस) का नेता लुइगी डी माइयोले राष्ट्रपति सर्गिओ माट्टारेलाविरुद्ध महाभियोग लगाउनका लागि संसदमा छलफल गर्न प्रस्ताव गरेका छन् । 

एम५एस र दक्षिणपन्थी लेगा पार्टीको समर्थनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका जोसेप्पे कोन्तेले प्रस्तावित गरेका मन्त्रीहरूको सूचीलाई भिटो लगाएकाले उनीमाथि प्रतिबन्धको माग उठेको हो । 

डी माइआओले माट्टारेलाको महाभियोगपछि नयाँ संसदीय निर्वाचन गराउन पनि माग गरेका छन् ।

एम५एसले राखेको माट्टारेलाको राजीनामाको मागलाई लेगाले पनि समर्थन गरेको छ । 

‘इटालीका राष्ट्रपतिले जनतालाई धोका दिएका छन् । हामी संसदमा उनलाई महाभियोग लगाउनका लागि संसद्समक्ष प्रस्ताव गर्छौं ।’

माट्टारेलाले कोन्तेको सम्भावित मन्त्रीको सूचीलाई बहिष्कार गर्नुमा पाओलो साभोनाको नाम प्रमुख कारण हो । साभोनालाई अर्थमन्त्री बनाउने प्रस्ताव गरिएको थियो । युरोपेली संघको मौद्रिक नीतिमा साभोनाको दृष्टिकोणलाई
माट्टारेलाले विरोध गर्ने गरेका छन् । 

इटालीको संसदीय निर्वाचन मार्च ४ मा राखिएको थियो । निर्वाचनमा एम५एसले ३२ प्रतिशत मत हासिल गरेको थियो । दक्षिणपन्थी गठबन्धन लेगा पार्टी, फोर्जा इटालिया र ब्रदर्श अफ इटालीले ३७ प्रतिशत मत प्राप्त गरेको थियो । 

सरकार बनाउनका लागि बहुमत कुनै पनि दलले प्राप्त गरेको थिएन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्