२३ असार २०८३, मंगलबार

मन्त्री छान्न फोरम संसदीय दलको बैठक

मन्त्री छान्न फोरम संसदीय दलको बैठक
फाइल तस्वीर

काठमाडौं १६ जेठ– सरकारमा सहभागि हुने मन्त्री छान्न संघीय समाजवादी फोरम संसदीय दलको बैठक बुधवार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र सरकारसँग दुईबुदे सहमति भएपछि फोरम सरकारमा जाने तरखर गरिरहेको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा मध्यान्हपछि बस्ने बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउने छ । दुई मन्त्रालय सहित फोरम सरकारमा सहभागि हुँदैछ । 

फोरमले सूचना तथा सञ्चार र स्वास्थ्य मन्त्रालयमा दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने फोरमलाई शहरी विकास र स्वास्थ्य मन्त्रालय लिन आग्रह गरेका स्रोतको भनाइ छ । 

फोरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता रामसहायप्रसाद यादव तथा नेत्रृ सरीता गिरी मध्येबाट सरकारमा सहभागि हुने चर्चा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्