
कञ्चनपुर, १६ जेठ - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका १३ वर्षीय शतेन्द्र साउदको मृत शरीर आज वनहरा नदीमा फेला परेको छ ।
नदीमा डुबेको अवस्थामा साउदको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक रवीन्द्र धनुषेले बताउनुभयो । उनको मृत्युको कारणबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।