१२ असार २०८३, शुक्रबार

अब स्थानीय तहमा सिधै बजेट

जेठ १७, २०७५
अब स्थानीय तहमा सिधै बजेट

काठमाडौंँ, १७ जेठ - आगामी वर्षको बजेट सार्वजनिक भएसँगै अब स्थानीय तहको खातामा अर्थमन्त्रालयले सिधै बजेट पठाउने भएको छ । अर्थमन्त्रालयले अब केही दिनभित्रै सम्बन्धित महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिको खातामा विनियोजित खातामा बजेट पठाउनेछ । स्थानीय तहका खातामा बजेट पुगेसँगै स्थानीय तहले आफ्नो आन्तरिक स्रोत र सम्मानीकरण अनुदानलाई आधार मानी अर्को महिनाको आरम्मै आआफ्नो बजेट निर्माण गर्नेछन् । 
सरकारले ७५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन अनुसार सशर्त, वित्तीय सम्मानीकरण, समपुरक र विशेष अनुदानका शीर्षकमा स्थानीय तहमा बजेट पठाउन लागेको हो । 
ऐन अनुसार असार १० गतेभित्र गाउँपालिका र नगरपालिकाले आगामी वर्षका लागि बजेट निर्माण गर्ने र गाउँ र नगरसभाले उक्त बजेट पास गरी कार्यन्वयन गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आगामी वर्षका लागि अर्थ मन्त्रालयले केही दिनभित्रैसम्बन्धी स्थानीय तहको खातामा बजेट पठाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्