२५ जेठ २०८३, सोमबार

पार्टीको नामबाट अन्डरलाइन हटाउँदै नेकपा, आजै नयाँ नाम आयोगमा बुझाउने

पार्टीको नामबाट अन्डरलाइन हटाउँदै नेकपा, आजै नयाँ नाम आयोगमा बुझाउने

काठमाडौं, १७ जेठ– नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । 

निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेकपाले आफ्नो नाममा भएको अण्डरलाइन हटाउँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाउन लागेको हो । 

नेकपाले आजै यो नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । 

निर्वाचन अयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्तामा रहेको भन्दै सच्याउन आग्रह गरेको थियो । 

नेपाल कम्युनिस्ट पार्टीले पार्टी केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको फोटोकपि, विधान लगायतका कागजात आयोगमा बुझाइसकेका छन् । 

दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा दर्ता भैसक्नुपर्ने प्रावधान रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्