
काठमाडौं, १७ जेठ- मालपोत कार्यालय चितवनका कार्यालय सहयागी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गर्दा कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
धितालले २५ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।