२१ जेठ २०८३, बिहीबार

मुसलमानलाई बचाएका भारतीय प्रहरीलाई आयो ज्यानको धम्की

मुसलमानलाई बचाएका भारतीय प्रहरीलाई आयो ज्यानको धम्की

काठमाडौं, १७ जेठ – भीडले मार्न खोजेको एक मुसलमानलाई बचाएर नायकका रूपमा सम्मानित एक भारतीय प्रहरीलाई ज्यानको धम्की आएको प्रहरीले बताएको छ । 

भारतको उत्तराखण्डमा गगनदीप सिंहले भीडबाट एक मुसलमानलाई बचाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको थियो । 

उक्त मुसलमान युवक हिन्दू प्रेमिकाका साथ मन्दिर गएका थिए । 

भीडले उनलाई घे–यो अनि आक्रमण गर्न खोज्यो । उनीविरुद्ध लभ जिहाद गरेको आरोप लाग्यो । 

मुसलमान पुरुषले हिन्दू महिलालाई प्रेमजालमा फसाएर धर्मपरिवर्तन गर्नु लभ जिहाद हो भनी अतिवादी हिन्दूहरूले परिभाषित गर्ने गरेका छन् । 

भिडियो अनलाइनमा शेयर गरेपछि धेरैले सिंहलाई सबै भारतीयका लागि आदर्श भने अनि उनको कथा भारतको सबै मूलधारे सञ्चारमाध्यमले प्रकाशन गरे । 

उनीसँग काम गरिरहेका प्रहरी अधिकारीले गगनदीपलाई ज्यान मार्ने धम्की आएको बताए । अहिले उनलाई छुट्टीमा पठाइएको छ । 

भारतीय जनता पार्टीका केही नेताले भीडको क्रियाकलापलाई जायज ठह–याएका छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्