
काठमाडौं, १७ जेठ – बलिउड अभिनेता आमिर खान प्रायः विवादमा आउँदैनन् । तर हालै सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको छ ।
उनले आफ्नी छोरीसँग फेसबूकमा तस्वीर शेयर गरेका छन् । त्यसमा मानिसले अश्लील कमेन्ट गर्दै कडा आलोचना गरेका छन् ।
आमिरले छोरी इरा खानसँग रमाइलो मूडको एक तस्वीर शेयर गरेका हुन् । दुवैजना पार्क क्षेत्रमा देखिएका हुन् । तर सामाजिक सञ्जालमा केही मानिसलाई यो तस्वीर मन परेन ।
रमजानका बेलामा यस्तो तस्वीर नहालेको भए हुन्थ्यो भनी मानिसहरूले कमेन्ट गरे । पिता र छोरीको प्रेमका सम्बन्धमा पनि मानिसले भद्दा टिप्पणी गरिदिए ।
एक प्रयोगकर्ताले लेखे, ‘आमिर सर, अलिकति त विचार गर्नुस् । ऊ तपाईंकी छोरी हो । उसले रमजानमा सही कपडा लगाउनुपर्छ ।’
अर्काले लेखे, ‘रमजानको महिना चलिरहेको छ । मुसलमान हौ, अलिकति त लाज मान ।’
अन्य व्यक्तिहरूले आमिरको यो फोटोको बचाउ गरे ।
एजेन्सी