२५ जेठ २०८३, सोमबार

ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् २४ सदस्यीय पुग्यो [नामावलीसहित]

ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् २४ सदस्यीय पुग्यो [नामावलीसहित]

काठमाडौं, १८ जेठ -फोरमका २ मन्त्रीलाई सहभागी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य र  नेता मो. इस्तियाक राईलाई शहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय पुगेको छ, जसमा २० मन्त्री र ४ राज्यमन्त्री सामेल छन् ।

संविधानले मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन नसकिने बाध्यकारी व्यवस्था गरेको छ । अब ओलीले १ भन्दा बढी मन्त्री थप्न सक्नु हुनेछैन ।

थपिने एक मन्त्री पनि फोरमकै हुने सम्भावना छ । फोरमले पाउने भनिएको राज्यमन्त्रीको कोटामा उसले सिफारिस गर्न बाँकी छ ।

नयाँ थपिएका उपेन्द्र र इस्तियाकका अलावा अन्य मन्त्रीहरू सूचीमा :

१ के.पी. शर्मा ओली, प्रधानमन्त्री  
२ ईश्वर पोखरेल, रक्षा
३ रामबहादुर थापा,  गृह
४ प्रदीपकुमार ज्ञवाली, परराष्ट्र
५ बर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाई
६ गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि
७ मातृकाप्रसाद यादव, उद्योग, वाणिज्य तथा आपूर्ति
८ रघुबीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात
९ गोकर्ण विष्ट, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा
१० शक्तिबहादुर वस्नेत, वन तथा वातावरण
११ लालबाबु पण्डित, सङ्घीय मामिला तथा सामान्य प्रशासन
१२ थममाया थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३, डा. युवराज खतिवडा, अर्थ
१४ जगतबहादुर सुनार (विश्वकर्मा), युवा तथा खेलकुद
१५ रविन्द्रप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६ शेरबहादुर तामाङ, कानुन, न्याय, तथा संसदीय मामिला
१७ चक्रपाणी खनाल, कृषि, भूमि व्यवस्था तथा सहकारी
१८ बीना मगर, खानेपानी 

राज्यमन्त्री
१९ पद्माकुमारी अर्याल, स्वास्थ्य तथा जनसंख्या
२० गोकुलप्रसाद वाँस्कोटा, सञ्चार तथा सूचना प्रविधि
२१ धनबहादुर बुढा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२ रामकुमारी चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी

salt training

कमेन्ट गर्नुहोस्