३१ जेठ २०८३, आइतबार

यस्ता भएछन् पूर्वराजा वीरेन्द्रले गौरतीमा रोपेका रुद्राक्षका बोट

यस्ता भएछन् पूर्वराजा वीरेन्द्रले गौरतीमा रोपेका रुद्राक्षका बोट

काठमाडौं १८ जेठ–राजदरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ । २०५८ सालको जेठ १९ नारायणहिटी दरबारमा भएको गोलीकाण्डमा पूर्वराजा वीरेन्द्रको वंश नाश भएको थियो । हत्यकाण्डाको छानविन गर्न गठित समितिले तत्कालिन युवराज दीपेन्द्र शाहले गोली चलाएको प्रतिवेदन दिएको थियो । दरवार हत्यकाण्डका रहस्य अहिले पनि जीवित छन् । 

राजदरवार हत्याकाण्ड हुनुभन्दा ५ वर्ष पहिले पूर्वराजा वीरेन्द्रले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजार भन्दा माथिको डाँडामा रहेको गौरती भीमसेन मन्दिरमा बृक्षारोपण गरेका थिए । विक्रम संवत २०५३ साल मंसिर २ गते वीरेन्द्रले मन्दिरको उद्घाटन र केही रुद्राक्षका रुख रोपेका थिए । 

रुखमा वीरेन्द्रले रोपेको मितिसहितको बोर्ड राखिएको छ । प्रख्यात गौरती मन्दिर भूकम्पका कारण कुनै क्षती भएन । सिन्धुपाल्चोक, दोलखा र काभ्रे लगायत काठमाडौबाट समेत श्रद्धालुहरु गौरती भिमसेनको दर्शनको लागि सिन्धुपाल्चोक पुग्ने गरेका छन् ।  

स्थानीयहरुले पूर्वराजा वीरेन्द्र मन्दिर उद्घाटनका लागि हेलिकप्टरमा आएर केहीघण्टा विताएको स्मरण गर्छन् । चौताराबाट मन्दिरसम्म पुग्ने बाटोको कालोपत्रे नगरिएकोमा स्थानीयको सरकारसँग गुनासो छ ।


 

salt training

कमेन्ट गर्नुहोस्