०१ असार २०८३, सोमबार

जर्मनीको एक चिडियाघरबाट भागे सिंह र बाघ

जर्मनीको एक चिडियाघरबाट भागे सिंह र बाघ

काठमाडौं, १८ जेठ – जर्मनीको पश्चिमी भागमा रहेको ल्युनेबाखस्थित एक चिडियाखानाबाट दुई सिंह, दुई बाघ र एक ज्यागुआर भागेको प्रहरीले बताएको छ । 

स्थानीय अधिकारीहरूले स्थानीयहरूलाई घरैभित्र बस्न अनि केही देखेमा प्रहरीलाई खबर गर्न भनेका छन् । पाँचवटा जनावरको व्यापक खोजी हुँदैछ । 

निजी स्वामित्वमा रहेको आइफल चिडियाखानाबाट एउटा भालु भागेको तर उसलाई गोली हानिएको एक स्थानीय अधिकारी बताउँछन् । 

राति चलेको हुरीपछि आएको बाढीमा जनावरहरू भाग्न सफल भएको जर्मन मिडियाले बतायो ।

वाल्पोट परिवारको स्वामित्वमा रहेको ३० हेक्टेयर क्षेत्रफलमा फैलिएको चिडियाखानामा ६० प्रजातिका लगभग ४०० जनावर बस्छन् । साइबेरियाली बाघ र सिंह पनि त्यहाँ छन् । 

उक्त चिडियाखानामा वर्षको ७० हजार मानिसले भ्रमण गर्ने गरेका छन् ।

जर्मनीको पूर्वी भागमा रहेको लीपजिगमा दुई वर्षअघि दुईवटा सिंह चिडियाखानाको पिँजडा तोडेर भागेका थिए । एउटालाई गोली हानी मारियो भने अर्कोलाई पुनः नियन्त्रणमा लिइयो ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्