०४ साउन २०८३, सोमबार

आज लक्ष्मी आराधना गरेर घर ल्याउनुस् अपार धन

कात्तिक २०, २०७४
आज  लक्ष्मी आराधना गरेर घर ल्याउनुस् अपार धन
काठमाडौं, २८ माघ — आज माघे पूर्णिमा हो । यो दिन लक्ष्मी माताको आराधना गर्नुपर्छ । देवी लक्ष्मीलाई पूर्णिमा प्रिय लाग्छ । त्यसमाथि पनि माघे पूर्णिमाको महत्त्व अरू पूर्णिमाभन्दा धेरै छ ।


धर्मशास्त्रहरूका अनुसार यो दिन खास उपाय अपनाउँदा धनकी देवी लक्ष्मीले कृपा बर्साउनुहुन्छ । अझ, त्यसमाथि आज त शुक्रवार । लक्ष्मी माताको कृपा पाउन शुक्रवार उत्तम दिन हो ।

पूर्णिमाको दिन बिहान पाँच बजेदेखि साढे दश बजेसम्म लक्ष्मी माता पीपलको वृक्षमा वास गर्नुहुन्छ । पानीमा शुद्ध दूध मिसाएर पीपलको रुखमा चढाउँदा माता लक्ष्मी प्रसन्न हुनुहुन्छ ।

वरको रुखमा धागोलाई रातो र पहेंलो रंगमा रंगाएर बेर्दा अखण्ड सौभाग्य प्राप्त हुन्छ अनि माता लक्ष्मी पनि प्रसन्न हुनुहुन्छ ।

वरको जरोमा गुलियो दही चढाउँदा मंगल, शनि र राहू जस्ता अनिष्ट ग्रहहरू शान्त हुन्छन् ।

मध्यरातमा महालक्ष्मीका साथ श्री हरि विष्णुको पूजन गर्नुस् र राति घरको मुख्य प्रवेशद्वारमा गाईको घिउको दियो बाल्नुस् । यसो गर्दा माता लक्ष्मी घरमा आउनुहुन्छ र घरभरि धनको भण्डार भरिदिनुहुन्छ ।

लक्ष्मी मन्दिरमा गएर ११ वटा गुलाफका फूल चढाउँदा पनि धनलाभ प्राप्त हुन्छ ।

बेलुका भगवान् सत्यनारायणको पूजा गरेर धूप, दीप, नैवेद्य अर्पण गर्नुस् अनि सत्यनारायणको पूजा गर्नुस् ।

पञ्जाब केशरीबाट

salt training

कमेन्ट गर्नुहोस्