
समितिका सभापति मोहनसिंह राठौरले अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा समितिले बिहीबार समग्र अध्ययन गरेको छ, अब उपसमिति बनाएर थप अध्ययनसहित निर्देशन दिने बताए ।
विमानस्थलबाट यसै महिना करिब ३३ किलोग्राम सुन बाहिरिएपछि समग्र विमानस्थलको सुधारका लागि निरीक्षण गरिएको उहाँको भनाइ छ । समितिले तत्काल निरीक्षण गरे पनि दीर्घकालीन नीति, व्यवस्थापन र सुरक्षाको सम्बन्धमा थप अध्ययन पनि गर्ने छ । रासस