०४ असार २०८३, बिहीबार

एक महिने माधवनारायण मेला समापन

कात्तिक २०, २०७४
एक महिने माधवनारायण मेला समापन
काठमाडौं, २८ माघ–हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला समापन भएको छ । भक्तपुरको हनुमानघाटमा चल्ने मेला स्वस्थानी पूर्णिमाको दिन समापन भएको हो ।

नेसंको आठौँ शताब्दीदेखि सुरु भएको सो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको यहाँका पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिए ।
नेसं ७२२ मा राजा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ । यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ भक्तजन व्रत बस्न र स्नान गर्न आउने गरेको उनले बताए ।
व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल तिलमाधवबाट तलेजु भवानीसम्म जाने, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसी स्नान गरेर इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा वाग्मतीमा स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्