१२ असार २०८३, शुक्रबार

गोविन्दाले भने करण जोहर खतरनाक !

कात्तिक २०, २०७४
गोविन्दाले भने करण जोहर खतरनाक !
गोविन्दा धेरै जसो समय अरुलाई हसाउन नै व्यस्त हुन्छन् । उनको चर्चाको एक कारण मध्येको एक उनको मुस्कान समेत हो ।

तर आज भोलि उनी केही रिसाएका देखिएका छन् ।

करण जोहरको शो ‘कफी विद करण’ मा बोलाएका कारण गोविन्दा रिसाएका थिए । जसका लागि करण जोहरले माफी मागे तर गोविन्दाको रिस कम भएन र करण विरुद्ध नै उनले अभिव्यक्ति दिए ।

हालै नयाँ फिल्म ‘आ गया हीरो’ लाई लिएर भएको एक अन्तरवार्तमा गोविन्दाले यस्तो रिस बाहिर ल्याएका हुन् । उनले करण जोहरलाई भारतीय फिल्म उद्योगको सबैभन्दा चलाख र खतरनाक व्यक्ति भएको बताए । गोविन्दाले उनलाई आफ्नो गु्रपमा नभएका अभिनेतालाई वेवास्ता गरेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्