
विराटनगर, २४ जेठ– मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्षको बुधबारराति सर्पले डसेर मृत्यु भएको छ ।
राती करिब ११ बजे शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो ।
उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।