०५ असार २०८३, शुक्रबार

मुलुकभर २१ प्रतिशत जमिन बाँझै

जेठ २५, २०७५
मुलुकभर २१ प्रतिशत जमिन बाँझै

काठमाडौं, २५ जेठ- कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । 

कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो । 

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ । 

नेपालको कुल क्षेत्रफल १४ करोड ७१ लाख ८१ हजार हेक्टर क्षेत्रफलमध्ये गत बर्ष ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको छ, आजको कारोबार दैनिकमा समाचार छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्