
कलैया–अहिलेको समयमा एक सय रुपयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा बाराको कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक बृद्धले ज्यान गुमाउनुपरेको छ ।
आजको कान्तिपुर दैनि लेख्छ–स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए ।
यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।
मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । ‘पैसा तिरेरै जा भनी मख्खनले जबरजस्ती गरेपछि मैनेजरसँग विवाद भएको थियो’ एक स्थानीयले भने, ‘पछि झडपकै रुप लियो ।’
झडपमका क्रममा मख्खनका छोरा २० बर्षीया दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए ।