०४ असार २०८३, बिहीबार

तराईमा सर्पको त्रास, डसेर पर्सामा महिलाको मृत्यु

तराईमा सर्पको त्रास, डसेर पर्सामा महिलाको मृत्यु

पर्सा, २५ जेठ- सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । 

पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । 

घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 

कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्