
काठमाडौं, २५ जेठ – पूर्वयुवराज पारस शाहका छोराछोरी पनि धर्मकर्ममा लागेका छन् । पासरका छोरा हृदयेन्द्र र कान्ति छोरी कृतिकाले बिहीवार पशुपति मृगस्थली क्षेत्रमा रहेको गोरक्षनाथ मन्दिरमा पूजा गरेका हुन् । हृदयेन्द्रले ढाका टोपी लगाएका थिए भने कृतिका कुर्ता सुरुवाल लगाएर मन्दिर गएकी थिइन् ।
पछिल्ला दिनमा पूर्वयुवराज पारस विभिन्न तीर्थस्थलमा धाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रका भाइ धीरेन्द्रका छोरीहरू पूजा राज्यलक्ष्मी देवी शाही र दिलाशा राज्यलक्ष्मी देवी राणा पनि पशुपति गएका थिए ।
पशुपति क्षेत्रमा तीन घण्टा बसेका उनीहरूले सर्वसाधारणसँग भलाकुसारी समेत गरेका थिए ।

- तस्वीर शिशिर तिवारीको फेसबुकबाट