२९ जेठ २०८३, शुक्रबार

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

कात्तिक २०, २०७४
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने


मुम्बई, २८ माघ -इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउनुहुने भएको छ । उहाँको हाल ५०० किलोग्राम तौल रहेको छ ।_92870613_mediaitem92869292

एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि यही शनिबार उहाँ मुम्बई आइपुग्ने बताइएको छ ।

अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइने छ भने उहाँको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । उहाँलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकिस्तकहरुको टोलीले विगत १० दिनदेखि कार्यरत थिए ।

अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबारमा पहल गर्नुभएपछि भारतीय उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारका लागि इच्छा प्रकट गरेको थियो ।

तर उहाँलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ । यस बाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उहाँलाई भिषा पनि मिलेको थिएन ।

अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । यसबारे भारतीय चिकित्सक लाकदावालाले समाचार पढेपछि आफूले अब्देल अतिको निशुल्क उपचार गर्ने बताउनुभएको थियो ।

सुरुमा खुट्टाको आकार असाधारण रुपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उहाँकी बहिनीले बताउनुभयो ।

बिरामी भएको केही वर्षपछि उहाँलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उहाँ ओछ्यानमा पर्नुभएको र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित हुनुहुन्छ । उहाँ विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सक्नुहुन्न ।

salt training

कमेन्ट गर्नुहोस्