
बुटवल, २५ जेठ–वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।
गएरातिदेखि परेको बर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।
सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।