०१ असार २०८३, सोमबार

भूकम्प प्रभावित एकल महिलाको सम्मेलन शुरु

कात्तिक २०, २०७४
भूकम्प प्रभावित एकल महिलाको सम्मेलन शुरु


काठमाडौँ, २८ माघ - भूकम्प प्रभावित १४ जिल्लाका एकल महिलाको दुईदिने सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।

मानव अधिकारका लागि महिला र एकल महिला समूहले आयोजना गरेको सम्मेलनमा प्रभावित महिलालाई सीपमूलक र आयआर्जनका कार्यक्रम तथा पुनःनिर्माणमा सहभागिताबारे अभिमुखीकरण गराइनेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला विकास विभागका महानिर्देशक नरेन्द्रप्रसाद चापागार्इंले प्रभावित महिलाका लागि जीविकोपार्जन र सीपमूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । आयोजक संस्थाका क्रमशः अध्यक्ष निर्मला ढुङ्गाना र संस्थापक अध्यक्ष लिली थापाले प्रभावित जिल्लामा एकल महिलालाई सरकारले थप सहुलियत दिन पहल गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्