२८ जेठ २०८३, बिहीबार

राजनीतिक र आर्थिक कार्यपत्रको जिम्मेवारी थापा र लोहनीलाई

कात्तिक २०, २०७४
राजनीतिक र आर्थिक कार्यपत्रको जिम्मेवारी थापा र लोहनीलाई

काठमाडौँ, २८ माघ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा राजतन्त्र वा गणतन्त्रको सैद्धान्तिक विषयबारे दस्तावेज तयार गर्न केन्द्रीय अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ ।RPP

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय सचिवालय, मूल आयोजक समितिको आज बसेको संयुक्त बैठकले आर्थिक कार्यपत्र निर्माणका लागि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष थापाको अध्यक्षतामा बसेको सो बैठकले महाधिवेशनको कार्यतालिका पनि आज सार्वजनिक गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । आगामी फागुन ६ गते भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गरिनेछ । सोही दिन बन्दसत्र सुरु गरी राजनीतिक÷आर्थिक कार्यपत्रमा छलफल गरी प्रतिनिधिबाट आवश्यक सुझाव सङ्कलन गरी निर्णय लिइनेछ ।

फागुन ७ गते विधान संशोधन तथा परिमार्जन गरी पारित गरिनेछ । फागुन ८ गते निर्वाचन प्रक्रिया सुरु गरी उम्मेदवारी दर्ता, दाबी विरोध र मतदाता नामावली प्रकाशन गरिनेछ । फागुन ९ गते भने निर्वाचन गरिने निर्णय भएको छ । बैठकमा ११ उपसमितिका संयोजक तथा सदस्य सचिवले सम्बन्धित समितिले महाधिवेशनका लागि गरेका काम तथा जिम्मेवारीका बारेमा जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्