०८ असार २०८३, सोमबार

ट्रम्पले त्रुदोलाई भने, क्यानाडेलीहरूले ह्वाइट हाउस डढाएका हैनन् त ?

ट्रम्पले त्रुदोलाई भने, क्यानाडेलीहरूले ह्वाइट हाउस डढाएका हैनन् त ?

काठमाडौं, २५ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अचम्मका बयानहरू घरिघरि दिइरहेका हुन्छन् । हालै उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुदोलाई अचम्मको कुरा भने ।

अघिल्लो हप्ता अमेरिकाले युरोपेली संघ, क्यानाडा र मेक्सिकोबाट एलुमिनियम आयात गर्दा कर लगाउने फैसला गरेका छन् । 

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यसो गरिएको उनले तर्क दिए । 

ट्रम्पको यो तर्क सुनेर छक्क परेका त्रुदोले ट्रम्पलाई फोन गरेर सोधे, ‘हामीसित व्यापार गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षा कसरी खतरामा पर्छ ?’

जवाफमा ट्रम्पले भने, ‘तिमीहरूले ह्वाइट हाउस डढाइदिएका हैनौ ?’

ट्रम्पको यस्तो टिप्पणीले क्यानाडा समेत संसारभरिका मानिस छक्क परेका छन् र सामाजिक सञ्जालमा यसको मजाक पनि उडाइएको छ । 

खासमा ह्वाइट हाउसलाई सन् १८१२ को युद्धमा डढाइएको थियो अनि त्यतिखेर क्यानाडा भन्ने देश नै थिएन । क्यानाडा सन् १८६७ मा स्थापना भएको हो । 

सन् १८१२ मा बेलायत र अमेरिकाबीच युद्ध भएको थियो र त्यसक्रममा बेलायतीले ह्वाइट हाउस जलाइदिएका थिए । 

ट्रम्पले यो कुरा मजाकमा भनेका हुन् वा गम्भीर भएका भनेका हुन् प्रस्ट हुन सकेको छैन । 

तर उनको कुरालाई ट्विटरमा खुबै उडाइएको छ । एक प्रयोगकर्ताले लेखे, ‘क्यानाडालाई ह्वाइट आउस डढाउनका लागि जिम्मेवार ठह–याउने राष्ट्रपति पाउन हामीलाई २०६ वर्ष लाग्यो ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्