०६ असार २०८३, शनिबार

देउवाले झोक्किँदै भने– पार्टीभित्रका अन्तरघाती अपराधी हुन् !

जेठ २५, २०७५
देउवाले झोक्किँदै भने– पार्टीभित्रका अन्तरघाती अपराधी हुन् !

धनगढी, २५ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको विकाससँग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नति हुनबाट सरकारले नै रोकेको आरोप लगाएका छन् ।

आफू प्रधानमन्त्री भएको बेला भारतसँग स्तरोन्नति गर्ने सहमति गरेपनि वर्तमान ओली सरकारले भारतसँगको सहमति तोडेको उनले आरोप लगाएका हुन् । आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले रोक्न खोजेपनि गौरीफन्टा नाकाको स्तरोन्नतिको काम आफूले जसरी पनि गराउने जिकिर गरे ।

‘म भारत जाँदा मोदी जीसँग सहमति गरेर आएको छु । तर, ओली जीले देउवाले गरेको सहमति लागू नगर्ने भन्दै गौरीफन्टा नाकाको स्तरोन्नतिको काम रोकिदिए । तर, तपाईहरू नआत्तिनुस्, म जसरी पनि यो काम गराउँछु,’ उनले भने । उनले वर्तमान सरकारलाई लम्पसारवादको संज्ञा दिँदै नेपालका धेरै चिज भारतलाई सुम्पन लागेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीभित्रका अन्तरघातीहरूलाई कारवाही गर्ने बताए । निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गरी आगामी निर्वाचनमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउने उनको दाबी छ । उनले भने, ‘वर्षमा ३ सय ६४ दिन कांग्रेस हुने अनि कांग्रेसका लागि महत्वपूर्ण दिन मतदान गर्दा अन्य पार्टीमा मतदान गर्नेको कांग्रेसलाई कुनै आवश्यकता छैन ।’ 

निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले पार्टीभित्रका अन्तरघातीलाई अपराधीको सज्ञा समेत दिए । उनले भने, ‘मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीमा अन्तरघात नभएको भए कांग्रेसले थप  ३० सिट जित्थ्यो ।’

salt training

कमेन्ट गर्नुहोस्