०४ असार २०८३, बिहीबार

जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

जेठ २६, २०७५
जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

टोकियो, २६ जेठ - जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाइएको समाचार छ । 

जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । 

युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाइएको छ । युवराज नारुहितो हाल ५८ वर्षको हुनुहुन्छ । 

राज्याधिकार हस्तान्तरणसँगै जापानी राजाले तीन दशक लामो जिम्मेबारीबाट विश्राम लिनुहुने छ । जापानमा अहिले रहेको राज परिवार विश्वकै पुरानो राजपरिवार मानिन्छ । 

युवराज नारुहितोले सन् १९९३ मा कुटनीतिक सेवामा समर्पित एक सम्भ्रान्त परिवारकी छोरी मासाको ओवादासँग विवाह गर्नु भएको थियो । उहाँहरुबाट सन् २००१ मा एक सन्तान छोरीको जन्म भएको थियो । 

युवराज्ञी मासाको अहिले ५४ वर्षकी हुनुहुन्छ । उहाँले आफ्नो वैवाहिक रजत महोत्सवका अवसरमा जनताको खुसीका लागि प्रार्थना गरिरहेको बताउनु भएको छ । 

यदि उहाँले राजगद्दी त्याग्नुभयो भने जापानको करिब दुई शताब्दी लामो राजसंस्थाको इतिहासमा गद्दिनशिन राजाले राजगद्दी छोडेर युवराजलाई सुम्पेको यो पहिलो पटक हुने छ । 

salt training

कमेन्ट गर्नुहोस्